अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २६
|
255 views

ललितपुर - विगत १० हप्तामा अफगानिस्तानमा फैलिएको मौसमी तथा आकस्मिक बाढी र बाढी जन्य प्रकोपका कारण कम्तिमा ३०१ जनाको मृत्यु हुनुका साथै ३८५ जना घाइते भएको अधिकारीहरूले मङ्गलबार घोषणा गरेका छन् ।

विपतले पूर्वाधार विनाश गर्नुका साथै जीविकोपार्जनमा प्रभाव गरेको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनुभएको छ ।

      लगभग दुई हजार घरहरू पूर्ण रूपमा क्षेतिग्रस्त भएको जनाउदै सात हजार १८७ घरहरु आंशिक क्षति भएको हम्मादले बताउनु भएको छ । उहाँका अनुसार बाढीले सडक तथा कृषि उत्पादन डुबानमा परी नष्ट भएको छ ।

      बाढाीका कारण मुलुक भरी कुल १८ हजार ८१२ घर परिवारहरू प्रभावित भएको अधिकारीले बताएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube