|
|
२०८३ बैशाख ११
918 views
ललितपुर - मध्यपूर्व युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा शान्तिवार्ता हुने निश्चित भएको छ ।
पाकिस्तानको मध्यस्थता हुन गइरहेको दोस्रो चरणको वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अरागचीले शुक्रबार पाकिस्तान जानुहुने भएको इरानको राज्य सञ्चालित सञ्चारमाध्यमले पुष्टि गरेको छ।
‘विदेशमन्त्रीले शुक्रबार (अप्रिल २४) बेलुकी इस्लामाबाद, मस्कट र मस्कोको भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ,’ पाकिस्तानी अधिकारीले उक्त भ्रमणको खुलासा गरेपछि इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।
भ्रमणको उद्देश्य द्विपक्षीय परामर्श गर्ने, यस क्षेत्रमा भइरहेको गतिविधिबारे छलफल गर्ने र इरानविरुद्ध अमेरिका र इजरायली शासनले लगाएको युद्धको पछिल्लो अवस्थाको समीक्षा गर्नु रहेको इर्नाले जनाएको छ ।

बिजनेस पाटी








