|
|
२०८२ फाल्गुन १५
663 views
ललितपुर - ललितपुर – ओमप्रकाश अर्याल आसन्न निर्वाचनको सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन आज विराटनगर महानगरपालिका आइपुग्नुभएको छ । उहाँसँगै रामप्रसाद भण्डारी समेत भ्रमणमा सहभागी हुनुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब छ दिन मात्र बाँकी रहेको स्मरण गराउँदै गृह मन्त्रीले हल्ला र अफवाहबाट प्रभावित नहुन नागरिकलाई आग्रह गर्नुभयो । उहाँका अनुसार निर्वाचनको सुरक्षा व्यवस्था एकीकृत सुरक्षा योजनाअनुसार कार्यान्वयन भइरहेको छ र कुनै जोखिम नरहेको सरकारले जनाएको छ ।
निर्वाचनको शान्तिपूर्ण वातावरण कायम राख्न सुरक्षा निकायहरू समन्वयात्मक रूपमा काम गरिरहेको बताउँदै अधिकारीहरूले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेका छन्।

बिजनेस पाटी