|
|
२०८२ फाल्गुन ८
306 views
ललितपुर - ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाही ले आज विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको गतिविधि राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गर्नुभएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न एमालेले माग गरेको छ ।

बिजनेस पाटी