२०८२ चैत्र १९ | Apr 02, 2026

प्रतिनिधिसभा पहिलो बैठक : एमालेद्वारा ध्यानाकर्षण

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
255 views

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा (एमाले) का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा ध्यानाकर्षण गराउनुभएको हो ।

बैठकको प्रारम्भमा नै एमालेका सांसद गुरुप्रसाद बरालले उक्त पक्राउका विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो । यही चैत १४ गते नेपाल सरकारको निर्णयबमोजिम अध्यक्ष ओली र नेता लेखकलाई पक्राउ गरिएको थियो ।

बैठकमा सुरुआतमै एमालेका सांसदहरु आ आफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदलाई आग्रह गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया