प्रधानमन्त्रीको राजीनामाको मागसहित एमालेको प्रदर्शन

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १८
|
357 views

ललितपुर - ‘नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको आव्हानमा माइतीघरमा जारी प्रदर्शनमा ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’ जस्ता नारा लगाइएको छ ।

      सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै एमालेले विरोध प्रदर्शन गरेको हो ।

      यसअघि महासचिव शंकर पोखरेलले विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीले हिजो सदनमा दिएको राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आम नेपाली जनतासँग माफी माग्नुपर्ने बताएका थिए । शाहलाई कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न एमालेले माग गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube