२०८२ चैत्र १८ | Apr 01, 2026

एमालेको संसदीय दलको बैठक आज बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १८
|
255 views

आज दिउँसो ३ बजे नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो । बैठकले दलको नेता चयन गर्ने एक नेताले बताए ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानूनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गर्दै विभिन्न आन्दोलनको तालिका सार्वजनिक गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया