|
|
२०८२ फाल्गुन १२
408 views
ललितपुर - ललितपुर – संयुक्त राज्य अमेरिकाको सेनाले क्यारिबियन सागर क्षेत्रमा लागु–औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ ।
युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा आतङ्कवादी सङ्गठनसँग सम्बन्धित जहाजमा आक्रमण गरिएको उल्लेख गरेको छ ।
जहाज क्यारिबियन क्षेत्रका नार्को–तस्करी मार्गहरूमा ओसारपसार गरिरहेको र नार्को–तस्करी अपरेसनमा संलग्न रहेको विज्ञप्तिमा भनिएको छ ।
सन् २०१५ देखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न शङ्कास्पद पानीजहाज र डुङ्गालाई लक्षित गर्दै आएको र त्यस क्रममा दर्जनौँ मानिसको मृत्यु भएको जनाइएको छ ।
डोनाल्ड ट्रम्प प्रशासनले जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा लागु–औषध तस्करविरुद्ध सैन्य कारबाहीको प्रावधान समेत रहेको बताइएको छ ।

बिजनेस पाटी