२०८२ भाद्र ६ | Aug 22, 2025

अमेरिका यात्रामा १२ देश प्रतिबन्धित, ट्रम्पले गरे सम्बन्धित आदेशमा हस्ताक्षर

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २२

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न १२ वटा देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।

अमेरिकाले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन गरी १२ वटा देशका नागरिकमाथि अमेरिकी यात्रामा रोक लगाएका छन् ।  यस बाहेक, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला लगायत सात अन्य देशहरू छन्, जसका नागरिकहरूलाई आंशिक रूपमा यात्रामा प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाले अमेरिकीहरूलाई खतरनाक विदेशी तत्त्वहरूबाट जोगाउन यी प्रतिबन्धहरू लगाइएको बताएको छ । यो घोषणा सोमबार, जुन ९ बाट लागू हुनेछ ।

केही देशहरूबाट यात्रामा प्रतिबन्ध लगाउन आदेश दिँदा ट्रम्पले यस्तो घोषणा गरेको यो दोस्रो पटक हो । आफ्नो पहिलो कार्यकालमा २०१७ मा पनि ट्रम्पले यस्तै आदेशमा हस्ताक्षर गरेका थिए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया