काठमाडौं । हाल अमेरिका र एसियाका सेयर बजारमा एकैदिनमा उच्च मात्रामा वृद्धि देखिएको छ । अमेरिकी बजारमा १२ प्रतिशतसम्म र एसियालीमा १० प्रतिशतसम्म वृद्धि देखिएको हो ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेकाले बजारमा वृद्धि भएको अनुमान छ ।
ट्रम्पको सोहि घोषणा लगतै करिब चार दिनपछि शेयर बजारमा वृद्धि भएर हरियाली छाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रमुख अमेरिकी इन्डेक्स नेस्डेक १२।१६ प्रतिशतले वृद्धि भएको छ । एस एण्ड पी ५०० मा ९।५२ प्रतिशत र डाओ जोन्समा ७।८७ प्रतिशतले उच्च वृद्धि भएको छ ।
कोरोना महामारीपछि अमेरिकी शेयर बजारमा एकैदिनमा देखिएको सबैभन्दा ठूलो वृद्धि हालैको देखिएको हो ।