वडादसैँका अवसरमा सशस्त्र प्रहरी बलद्वारा काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस सञ्चालन

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक ३
|
408 views

ललितपुर -

वडादसैँका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस सञ्चालनमा ल्याएको छ ।

      निःशुल्क बस सेवा आजबाट लगातार तीन दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

      काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।

      यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

       पात्रो/राशिफल  रेडियो YouTube