२०८२ फाल्गुन २ | Feb 14, 2026

देशभर निर्वाचन सुरक्षा: सेना भोलिदेखि परिचालनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २०
|
765 views

ललितपुर – सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भोलि, माघ २१ गतेदेखि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार मुलुकभर सुरक्षा व्यवस्था कडा बनाइनेछ ।

सेनाले निर्वाचन सुरक्षामा ७९,७२७ जना फौज परिचालन गर्ने छ। संवेदनशील क्षेत्र र मतदान स्थलमा आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ संचालन गरिने छ। साथै, सार्वजनिक भवन, कारागार र अन्य स्थानमा पनि सेना सक्रिय सुरक्षा प्रदान गर्नेछ ।

निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले ११ मङ्सिरमा सेना परिचालनको स्वीकृति दिइसकेका थिए

विस्तृत विवरण अनुसार

  • नेपाली सेना: ७९,७२७ जना
  • नेपाल प्रहरी: ७५,५९७ जना
  • निर्वाचन प्रहरी (प्रहरी मातहत): १,३०,९८० जना
  • सशस्त्र प्रहरी: ३४,५७६ जना
  • निर्वाचन प्रहरी (सशस्त्र प्रहरी मातहत): १५,११० जना
  • गुप्तचर: १,९२१ जना

सरकारले आवश्यकताअनुसार संयुक्त गस्ती र पेट्रोलिङ संचालन गर्ने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया