२०८२ फाल्गुन ६ | Feb 18, 2026

अभिनेता अर्पणले किने ७० लाखको गाडी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ९
|
1.4k views

ब्याच नम्बर १६’ बाट फिल्म करिअर सुरु गरेका अभिनेता अर्पण थापाले ७० लाख मूल्य पर्ने ‘आयन भी’ इलेक्ट्रिक कार किनेका छन् । उनी यो गाडी जीएसी मोटर नेपाल, थापाथली आउटलेटबाट किन्न पुगेका थिए।

कम्पनीका अनुसार, गाडीमा ८–पोइन्ट मसाज सिट, इनबिल्ट रेफ्रिजिरेटर र वार्मर जस्ता सुविधा छन्, जसले यात्रालाई आरामदायी र विशेष बनाउँछ। यसमा ६५० किलोमिटरको रेन्ज र ७५.२६ किलोवाट–आवर क्षमताको ब्याट्री छ । सजिलै यात्रा गर्न, खर्च बचत गर्न र वातावरणको हितमा योगदान पुग्ने भएकाले उनले ईभी गाडी रोजेको बताए ।

थापाले अहिलेसम्म ४० फिल्ममा अभिनय गरिसकेका छन् । उनको नयाँ फिल्म ‘द ब्लू लाइट’ प्रदर्शनको तयारीमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया