वैदेशिक रोजगारीका नाममा तीन जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ६
|
306 views

ललितपुर - ललितपुर – वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका –८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका–२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका छन् ।

प्रहरीका अनुसार सरस्वती श्रेष्ठले जापान पठाइदिने भन्दै रु २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाइदिने भन्दै रु १७ लाख तथा मनिराज राईले अल्बानिया पठाइदिने भन्दै रु तीन लाख ७० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube