|
|
२०८३ बैशाख २५
153 views

ललितपुर - नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालित टोलीले उनीहरूको साथबाट खैरो हेरोइनसहित चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधिहरू फेनारगन, डाइजेपाम, लुपिजेसिक र बुप्रेनोर्फिन बरामद गरेको प्रहरीले जनाएको छ ।

बिजनेस पाटी










