बालिकाको हत्या गरी फरार रहेका प्रतिवादी १९ वर्षपछि पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
867 views

ललितपुर - ललितपुर । उन्नाइस वर्षअघि १६ वर्षीया बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मङ्सिर १३ गते साविक बेलहा गाविस–७ हाल कल्याणपुर नगरपालिका – १२ मा बालिका मृत फेला परेकी थिइन् । अनुसन्धानका क्रममा स्थानीय ४९ वर्षीय उतिम मुखियाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा आएर सल र हातले घाँटी थिची हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

हत्या पश्चात फरार रहेका मुखिया लामो समय भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको र हाल आफ्नै घरमा लुकेको सूचनाका आधारमा माघ ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका मुखियामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube