२०८२ फाल्गुन ६ | Feb 18, 2026

अष्ट्रेलियाली कामदारको तलब न्युनतम ३.५ प्रतिशतले बढ्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २३
|
408 views

ललितपुर । अष्ट्रेलियाको सरकारले कामदारको तलब बढाउने निर्णय गरेको छ । औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको हो ।

अष्ट्रेलियाको फेयर वर्क कमिसनले मंगलबार घोषणा गरे अनुसार जुलाई १ देखि राष्ट्रिय न्युनतम ज्याला प्रतिघण्टा २४.१ अष्ट्रेलियाली डलर (१५.६ अमेरिकी डलर)बाट बढेर २४.९५ अष्ट्रेलियाली डलर (१६.१ अमेरिकी डलर) प्रतिघण्टा वा पूर्ण–समय ३८–घण्टा कार्य हप्ताको आधारमा प्रति हप्ता ९४८ अष्ट्रेलियाली डलर (६१४ अमेरिकी डलर) हुनेछ ।

एफडब्ल्युसीले सरकार, रोजगारदाता र युनियनहरूसँगको परामर्शको आधारमा गरिएको यो निर्णयले ३० लाख बढी अष्ट्रेलियाली कामदारहरू लाभान्वित हुने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया