काठमाडौं, २६ पुस २०८० विश्व बैंकले नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको हो । चालु आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो । सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने देखिएको हो । त्यस्तै…
Author: बिजनेस पाटी
काठमाडौं, २६ पुस २०८०- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बुधबार काठमाडौंमा सम्पन्न भएकोे साधारण सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनी महानुभावहरुको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे । उनले संस्थाको लक्ष्य…
⁃ जयराम बिडारी ललितपुर २५ पौष, २०८० ‘’कुखुराको मासु र अण्डाको परिकार स्वस्थ्य जीवनको आधार’’ भन्ने मूल नाराका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र ललितपुरको आयोजनामा सप्ताहव्यापी ११औं राष्ट्रीय पोल्ट्री दिवसका अवसरमा शृङ्खला मासिक तथा स्टार एक्सप्रेसका प्रधान सम्पादक प्रवीण जोशी तथा नयाँ स्वाभिमानका सम्पादक कृष्ण प्रसाद चापागाईं सम्मानित भएका छन् । कृषि तथा पशुपन्छी विकाश मन्त्रालय अन्तर्गतका निर्देशनालय एवं मातहतका कार्यालय मार्फत कुखुराको स्वस्थ्य मासु तथा अण्डाको पौष्टिकताका बारे जनचेतना अभिवृद्धि गरि यस सम्बद्ध सरोकारवाला कुखुरापालक व्यवसायी हरुलाई आर्थिक समुन्नतिमा टेवा पुर्याउने उद्देश्यले २०७० देखि निरंतर रुपमा संचालन गरिएको राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवर्द्धनको ११औं…
गलेश्वर (म्याग्दी)२५ पुस, २०८०। म्याग्दीको मालिका गाउँपालिका-३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ । तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन । उद्योगका सञ्चालक मोतिराज गौतमले कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको जानकारी दिनुभयो । उनका अनुसार बजारमा जापानिज प्रविधिबाट उत्पादित कागज स्थानीय हाते प्रविधिबाट बनाइएको कागजभन्दा सस्तो…
काठमाडौँ २४ पुस २०८०। प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँ बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतले बताए ।बम्जनको आश्रमबाट आनि सहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए।
काठमाडौँ २४ पुस २०८०-गोरखा जिल्ला वाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका संघीय सांसद एकनाथ ढकालले गोरखाको मनकामनामा तुरुन्त “हेल्थ पोस्ट“ सेवा संचालन गर्न माग गरेका छन्् । मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई उहाँकै कार्यकक्षमा भेटि ढकालले लिखित रुपमा उक्त माग पेश गरेका हुन् । मन्त्रि बस्नेतलाई पेश गरिएको पत्रमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा न २ को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा दर्शन गर्न आउने हजारौं दर्शनार्थीहरु र स्थानीय बासिन्दाको सुबिधाको लागि स्वास्थ्यकर्मि र स्वास्थ्य उपकरणहरु सहितको हेल्थ पोस्ट तुरुन्त संचालनको लागि आबस्यक दरबन्दी उपलब्ध गरिदिन माग गरिएको छ । सांसद ढकाल केहि समय अघि मनकामनाको दर्शन गर्न…
काठमाडौँ २४ पुस २०८०-नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसंग प्रशिक्षित गराउने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता भएको उक्त तालिम कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै…
काठमाडौँ २४ पुस २०८०-ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा…
काठमाडौँ २४ पुस २०८०- महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पु¥याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए । त्यसैगरि बैंकको गोगंबु शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्रि खरिद गर्नका…
ललितपुर २४ पुस २०८०। भेटेरिनरी अस्पताल तथा पशुु सेवा केन्द्र ललितपुुरद्वारा संचालित ११ औँ राष्ट्रिय पोल्टी दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन सप्ताहव्यापी कार्यक्रम २०८० अन्तर्गत छैटौँ दिन आइतवार ललितपुुरको गोदावरी नगरपालिकास्थित श्री चण्डीदेवी आधारभूत विद्यालय डुकुछापका विद्यार्थीहरुको पोषण सुुधारको लागि ४२० वटा अण्डा वितरण गरिएको छ ।उक्त अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा। राम प्रकाश प्रधानले दिवसको महत्वबारे प्रकाश पारेका थिए । विद्यालयका प्रधानाध्यापक सीताराम खड्का, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको समेत सहभागिता रहेको कार्यक्रम केन्द्रका अधिकृत कृष्णबहादुुर कार्कीले संचालन गरेका थिए ।त्यसैगरी गत शुुक्रबार काठमाडौंको बुुढानिलकण्ठ नगरपालिका–३ स्थित बुुढानिलकण्ठ मा।वि।मा विद्यार्थीहरुलाई ८ सय र…