गलकोट । अछेते–भिमापोखरा सडक रु एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ । उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छभने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको रु २० लाख गरी रु ७० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो । पूर्वाधार विकास कार्यालयबाट प्राप्त रु ८० लाख ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ । गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र…
Author: बिजनेस पाटी
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा एक हजार रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँका दरले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय आज सकिँदैछ । बैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय आज अर्थात् बैशाख १२ गतेसम्मलाई मात्र तोकिएको छ । बैंकले निष्काशन गरेको ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ मा बैशाख २१ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको थियो । तर, समय अगावै मागभन्दा बढी आवेदन परेकाले वैशाख १२ गते नै निष्काशन बन्द गरिन लागेको हो । बैंकले एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६०…
काठमाडौँ । नेपालमा एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस अनुसार अमेरिकाले विश्वभर सञ्चालित परयोजनाहरु बन्द गर्ने निर्णय गरे पनि नेपाललाई भने निरन्तरता दिने बुझिएको छ । परियोजनाले निरन्तरता पाउने देशहरुमध्ये नेपाल सहित अन्य तीनवटा देश पनि रहेका अन्तर्राष्ट्रिय सञ्चालमाध्यमहरुले जनाएका छन् । एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने अन्य तीनवटा देशहरु मंगोलिया, सेनेगल र आइभरी कोष्ट रहेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेपाल र सेनेगलको प्रसारण लाइन परियोजना, मंगोलियाको फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टको विद्यालयसम्बन्धी परियोजनाले निरन्तरता पाउनेछन् । अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक…
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरेको नियुक्ति भएको छ । उनले बुधबारबाटै बैंकको सिईओ पदको कार्यभार सम्हालेका छन् । करिव तीस वर्षको बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे विगत १६ बर्षदेखि एनएमबि बैंकसँग आबद्ध रहँदै आएका छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरुमा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गरेका घिमिरे यस अघि एनएमबी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । लामो समयदेखि उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनले आफ्नो भूमिका निर्वाह गर्दैै आएका छन् । घिमिरे एनएमबि बैंकको…
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको २७ प्रतिशत शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो। सन लाइफ इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । हाल ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्त पुँजी रहेको इन्स्योरेन्स कम्पनीको हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। यसअघि हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले…
काठमाडौं । चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो “के गरौ भन तिम्रो हुनलाई” सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के. उप्रेतीले मन छुने शैलीमा प्रस्तुत गरेका छन् भने नबिन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजनले गीतलाई अझ सशक्त बनाएको छ। भिडियोमा कलाकार रञ्जन कोईराला र गरिमा शर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् भने विष्णु खड्काले सम्पादनमा कलात्मकता प्रस्तुत गरेका छन्। मुनाल शिशिर कोइरालाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारबा लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । आज निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ भने युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको…
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु…
सङ्खुवासभा । उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी-किमाथाङ्का खण्ड अवरुद्ध भएको हो । बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी-किमाथाङ्का खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा मकालु-३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसधान सञ्चालन हुन सकेका छैनन् । माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर-दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन…