काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) Doctor’s Dilemma प्रतियोगितामा विजेता भएको तीन सदस्यीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदै Osler Cup Award 2025 जित्ने पहिलो नेपाली बनेकी छिन्। न्यूअर्लेन्स, लुइजियानामा आयोजित उक्त प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका लगायत देशहरूबाट आएका ६० उत्कृष्ट Internal Medicine (IM) रेसिडेन्ट टोलीहरूले भाग लिएका थिए। तीन दिनसम्म चलेको कार्यक्रममा प्रतिस्पर्धीहरूले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीहरूमा सहभागिता जनाएका थिए। डा. बोहराले American College of Massachusetts chapter र Saint Vincent Hospital प्रतिनिधित्व गरेकी थिइन्।उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रियस्तरमा मान्यता…
Author: बिजनेस पाटी
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिइएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिइएको हो । वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताए । उनले भने, “महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उनको भनाइ छ । व्यवहार परिवर्तन, मेलमिलाप, सहकार्य अहिलेको आवश्यक्ता भएको उनले बताए । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय…
काठमाडौ । भारतले जम्मु–कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानसँगको कुटनीतिक सम्बन्ध स्थगित गरेको छ । भारतले पाकिस्तानले सिमापार आतंकवादलाई समर्थन गरेको आरोप पाकिस्तानमाथि लगाउँदै हिजो विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको हो । भारतका विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलन गरी भारतले सन् १९६० मा गरिएको (इन्डस जल सम्झौता) तत्काल स्थगित गर्ने निर्णय गरेको सार्वजनिक गरेका छन् । उनले भने, “जबसम्म पाकिस्तानले सिमा–पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहिरहनेछ।” इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन–तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो। सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना…
काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्शनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरुको न्यूनतम मूल्य रु. १३० देखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ । ‘च्वाइस’ ले एकै कार्ट र एकै वेयर हाउस प्रणाली मार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी…
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। विहीबार सुन तोलामा २०० रुपैयाँका दरले बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार अर्थात् वैशाख ९ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य हिजो उच्च दरमा घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी, विहीबार २ हजार…
म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उहाँले जानकारी दिनुभयो । हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकका दुवै किनारमा ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ । मालिका गाउँपालिकाले रु ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले रु पाँच लाख…
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड (NIL)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। विहीबार अर्थात् वैशाख ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमा … काठमाडौ । समय, परिस्थिति अनि परिवन्धले भौतिक संसारमा कहि कतै हराइयो भने पनि सपनीमा त भेटघाट हुन सक्छ, विपनीमा पुरा नभएका भावहरु सपनीमा बाँड्न सकिन्छ, विपनीमा असम्भव भएका धेरै कुरा सपनीमा सम्भव हुन्छन् । विपनीमा संगालेका धेरै चाह सपनीमा पूरा हुन सक्छन्, प्रेमको मामलामा सपनाको झन् धेरै महत्व हुने गर्दछ । सपनीमा देखिनु, भेटिनु अनि सपनीमा प्रेमका सबै भाव साट्न सकिन्छ जहाँ न कसैको डर हुन्छ न त संकोच । प्रेम गर्न डराउनु पर्ने हाम्रो समाजमा सपना नै यस्तो माध्यम हो जहाँ निर्धक्क प्रेमिल बन्न सकिन्छ…
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतीको कार्य तत्काल हुनु पर्ने बताए । उहाँले बुधबार एक प्रेस विज्ञप्ति प्रकासित गर्नु भई धनगढी विमानस्थलको स्तरोन्नती लागि बजेट विनियोजन भनिएता पनि आयोजनामा कुनै पनि रकम खर्च नगरी सो बजेटलाई अन्यत्र विमानस्थलमा खर्च गरिएको भन्दै दुस्ख व्यक्त गरेका हुन्। उनले भने, “हालसम्म धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्ने परियोजनामा नेपाल सरकारबाट कुनै पनि रकम (बजेट) खर्च नभएको प्रष्ट पार्न चाहन्छु । साथै यस घटनाले सुदूरपश्चिमवासी जनता र म स्वयंम् पनि दुस्खी भएको छु । आगामी दिनमा धनगढी विमानस्थलको स्तरोन्नती हुनुपर्छ भन्ने…
धरान । अगामी शनिबार अर्थात् वैशाख १३ गते दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । यस प्रतियोगिता सुनसरीस्थित धरान गल्फ क्लबको गल्फ कोर्समा हुने भएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा कोशी प्रदेश गल्फ संघले आयोजना गर्न लागेको यस प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहनेछ । यसका साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट पनि खेलाडीको उल्लेख्य सहभागीता हुने जानकारी आयोजक कोशी प्रदेश गल्फ संघले जनाएको छ । कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार प्रतियोगितामा एमेच्योर , सिनियर, जुनियर र महिला गरेर झन्डै ८० खेलाडीको सहभागिता रहनेछ । यस प्रतियोगितामा…