काठमाडौं । नयाँ सालको प्रारम्भसँगै तीनवटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले २०८२ बैशाख महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार २० वाणिज्य बैंकहरुमध्ये ३ बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ। बाँकी १६ बैंकहरुको यस्तो खाताको अधिकतम ब्याजदर स्थिर रहेको छ। कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यी बैंकहरुको अधिकतम ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतविन्दु घटेको हो। एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा एभरेष्ट बैंकले ०.६१…
Author: बिजनेस पाटी
काठमाडौं । आज सुनको मूल्यले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला केही दिनदेखि सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ । २०८१ सालको बिदाइसँगै आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ । आज चाँदी पनि तोलामा ५५ रुपैयाँले बढेको…
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ…
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु…
इटहरी । राप्रपा कोशी प्रदेश समितिले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग गर्दै संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनर्स्थापनाको लक्ष्य प्राप्त गर्ने गरी आन्दोलन गर्नु पर्ने निर्णय गरेको छ । वैठकमा बोल्दै जिल्ला अध्यक्षहरुले राप्रपाले राष्ट्रिय झण्डामा निर्णायक आन्दोलन गर्नु पर्ने, गत वर्ष जस्तो एक दिने होइन निरन्तरको आन्दोलन गर्नु पर्ने, सबै राष्ट्रवादी शक्तिहरुसँग एक ठाउँ उभिएर आन्दोलन अघि बढाउनु पर्ने मत राखेका थिए । उपाध्यक्ष र महामन्त्री थुनामा रहँदा समेत केन्द्रीय नेतृत्वले सडक तताउन नसकेको भन्दै वैठकमा पार्टी केन्द्रको आलोचना भयो । सहभागी एक नेताका अनुसार, राष्ट्रिय झण्डामा आन्दोलन गर्नु पर्ने माग र…
पोखरा । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि हिजो (शनिवार) पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दज्र्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जबाफ खोजिएको बताए । प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दज्र्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे । “सामाजिक कुरीति, कुसंस्कार, विभेद, अन्यायप्रति सिर्जनशील विद्रोह बनेकी छन् निबन्धकार” कुमारले भने, “सभ्यता, धर्म, संस्कारको झेली खोलभित्र लुकाइएको असभ्य, अधार्मिक अनि कुसंस्कारी अभ्यासमाथि रचनात्मक विद्रोह पोखिएको छ कृतिभित्र ।” नेपाली समाजको जीवन्त प्रतिविम्बका रूपमा कृति आएको भन्दै उनले कृति पठनीय रहेको विचार राखे । सोसाइटीका अध्यक्ष रुपिन्द्र…
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरुका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो । स्टाइल सुज ब्राण्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्टस, बुट र क्याजुअल सुज सार्वजनिक गरेको छ । अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५…
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ भन्ने मुल नाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो । कार्यक्रममा बोल्नु हुँदै वडा नं.१ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा…
ललितपुर । पुल्चोक ललितपुर स्थित नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)मा जलवायु परिवर्तनको जल तथा वायु प्रदूषणमा असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। विगत केहि हप्ता देखि काठमाडौं सहित देशका अन्य भागहरूमा वायु प्रदूषणको मात्रा अत्यन्त उच्च भएको छ। विश्व स्वास्थ संगठनले वायु प्रदूषणको अधिकतम सुरक्षित सरदर दैनिक मापन १५ तोके पनि नेपाल सरकारले ५० सम्म लाई सुरक्षित भनेको छ। तर केही हप्ता देखि वायु प्रदूषणको मापन १०० देखि ४०० सम्म नाघेको छ जुन स्वास्थको लागि अत्यन्त असुरक्षित मानिन्छ। चैत २८ देखि नेपालका विभिन्न भागमा परेको पानीले वायु प्रदूषणको मापन केही घटे पनि अझै उक्त मापन १०० को हाराहारीमा छ। अन्तरक्रिया कार्यक्रमका…
काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो । नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा भएको उक्त अभिनन्दन संस्थाहरूको सङ्ख्या ३८ थिए जसमा अनेसास दर्पण पनि थियो । सो अवसरमा प्रदान गरिएको अभिनन्दनपत्रको उचाइ अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठकै उचाइ बराबर रहेको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।…