काठमाडौं । माओवादीका केही सांसादहरुले प्रधानमन्त्रीको आलोचना गरेक छन् । उनीहरुले समस्या समाधान गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरे । सांसदहरुले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । महिनादिनदेखि शिक्षक, विद्यालय कर्मचारी र चिकित्सकहरु सडक आन्दोलन गरिरहँदा यो सरकार रमिते भएको आरोप लगाउँदै यस्तो सरकाररलाई पदमा रहिरहने नैतिकता नभएको भन्दै माओवादी सांसदले सरकारको राजीनामा माग गरेका हुन् । शिक्षक आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले शिक्षकहरु २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप लगाए । मंगलबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि…
Author: बिजनेस पाटी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका दअनाथ तथा सहिद परिवारका दुई जनाबालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै…
काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC) र मेटलाइफ (MetLife)सँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीमार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ। वण्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन निर्माण, बायोमास परियोजनाजस्ता नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गरिनेछ। यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक…
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ । बैंकले ऋणपत्र निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। बैंकले एनएमबी पावर बोन्ड वान नामक ऋणपत्र निष्कासन गर्ने योजना बनाएको हो, जसको कुल मूल्य ५ अर्ब रुपैयाँ हुनेछ र यो ५० लाख कित्तामा जारी गरिनेछ। बैंकले १ हजार अंकित दरका ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि, बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना बनाएको छ। ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।…
मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन ९सङ्कलन तथा ओसारपसार० निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन गर्न अनुमति लिन थालेका छन् । अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो क्षेत्रभित्र सङ्कलन पुर्जी दिने गरिएको छ । जिल्लाका सबै स्थानीय तहभित्रका संरक्षण क्षेत्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलनको अनुमति दिने तथा जिल्लाबाहिरका…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाको समेत सहभागिता हुने भएको छ । सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा पूर्व अध्यक्ष थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् । थापा माथिको प्रतिबन्ध हटे लगत्तै यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन क्लबकै हैसियतमा प्रतिनिधित्व गर्नेछ । थापासँगै सुरेन्द्र बस्नेतलाई पनि आरसी ३२ ले आफ्नो प्रतिनिधि चयन गरेको छ। एन्फाले उपलब्ध गराएको फारममा आरसी ३२ ले आफ्नो प्रतिनिधिको रुपमा थापा र बस्नेतको नाम उल्लेख गरेको हो। पूर्व अध्यक्ष थापामाथि फिफाले लगाएको…
सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो । यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो । सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । “लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको…
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदी सोमबारको बजारको मूल्यमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
काठमाडौं । भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले ३ विधामा अवार्ड प्राप्त गरेको छ । भारतको वन्ली फिल्म फेस्टिभलको आयोजना रहेको सो चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ ले बेष्ट सर्ट फिल्म, बेष्ट स्टोरी ओरिजिनल र बेष्ट डिरेक्टर जुरी मेन्सन अवार्ड पाएको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् । थुप्रै लघुचलचित्र तथा नाटकहरु निर्माण गरिसकेका क्षेत्री ‘द स्कुल वाल’ छोटो समयमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विजेता बनेकोमा खुशी लागेको बताउँछन् । हामीजस्ता भुइँमान्छेले…
काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा गाडी दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका मानिसहरु दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ । गाडी एकाएक मोटरसाइकलसँग ठोक्किएपछि नियन्त्रित भएर नजिकैको इनारमा खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा मोटरसाइकल र इनारमा खसेकालाई बचाउन इनमारमा हामफाल्ने एक व्यक्ति पनि परे । मोटरसाइकल चालकको भने घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकको परिवारलाई दुई लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।