डा. बाबुराम भट्टराईलाई पितृशोक

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २२
|
510 views

ललितपुर - ललितपुर – पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

सचिवालयका अनुसार बिहान ८:१५ बजे बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । केही दिनयता स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वर्गीय भट्टराईको अन्त्येष्टि आजै बिहान ११ बजे पशुपति आर्यघाटमा गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube