२०८२ फाल्गुन ६ | Feb 18, 2026

बबिना भट्टराईले ल्याइन् संवेदनशील गीत ‘लोभी नजर’

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १७
|
1.1k views

ललितपुर – गीतकार सतिश चापागाईको शब्द रचनामा तयार भएको गीत ‘लोभी नजर’ सार्वजनिक गरिएको छ । प्रेम, त्याग, सामाजिक व्यवहार र भावनात्मक शोषणको यथार्थ चित्रण गर्ने यो गीतले संवेदनशील आत्माको गहिरो कथा प्रस्तुत गरेको छ ।

अत्यधिक समर्पण गर्ने तर बदलामा केही नपाउने पात्रको कथामार्फत गीतले आधुनिक समाजको स्वार्थी चरित्र उजागर गर्छ । “कति मेटुँ सबको तिर्खा पानी बनेर” जस्ता मार्मिक हरफले गीतको भाव स्पष्ट पार्छ ।

गीतमा गायिका तथा संगीतकार बबिना भट्टराईको सुमधुर स्वर र संगीत रहेको छ भने एरेन्ज विश्व अधिकारीको छ । ओपल स्टुडियोमा शंकर लिम्बुले रेकर्ड गरेको गीतको मिक्सिङ–मास्टरिङ पनि विश्व अधिकारीले गरेका हुन् ।

रिमा फिल्म्सको पोस्ट–प्रोडक्सनमा तयार भएको गीतको भिडियोमा बबिना भट्टराई स्वयं फिचर्ड छिन् । भिडियोको छायांकन दिनेश विष्टले गरेका हुन् भने निर्देशन तथा सम्पादन मिराज अर्यालले गरेका छन् ।

आत्मसम्मान, सन्तुलन र सम्बन्धमा बराबरी आवश्यक छ भन्ने सन्देश बोकेको गीतमा ‘लोभी नजर’ गीतकार सतिश चापागाईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=kmIoogN8kHw

फेसबुकबाट तपाईको प्रतिक्रिया