२०८२ चैत्र २१ | Apr 04, 2026

बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
357 views

ललितपुर – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

सो कार्यक्रममा ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२–१४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने यस समिटमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा उपस्थित हुनेछन् ।

आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र शैक्षिक प्रतिनिधिहरूले समिटमा भाग लिनेछन्। यस क्रममा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयमा छलफल हुने बताइएको छ ।

डा. भट्टराईले १४ मार्चमा ‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्र सम्बोधन गर्नेछन् र उही दिन स्वदेश फर्किनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया