२०८२ फाल्गुन २ | Feb 14, 2026

डा. भट्टराईको गोरखा-२ बाट मनोनयन दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
918 views

ललितपुर – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले आज अपराह्न मनोनयन दर्ता गराउनुभएको हो ।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिनुभएका डा भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । डा. भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहनुभएको छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ गोरखा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया