|
|
२०८३ भाद्र १७
204 views

ललितपुर - म्यानमारको दक्षिणी राज्य मोनको क्यैकमाराव बस्तीमा भारी वर्षा पछि आएको बाढीका कारण बुधबार सम्म हजार ९९७ घरपरिवारका कुल ३१ हजार ८७४ जना प्रभावित भएको जननइएको छ ।
गत अगस्त २० देखि सुरु भएको भारी वर्षाले सहरका १७ वटा गाउँ क्षेत्र र दुईवटा वार्डमा बाढी आएको जनाइएको छ ।
प्रभावितहरुको लगि दुई वटा आश्रयहरू खोलिएको र बुधवारसम्म ३७० भन्दा बढी प्रभावित मानिसहरूलाई आधारभूत खाना र पिउने पानी उपलब्ध गराएर सुरक्षित आश्रयमा सारिएको अधिकारीहरूले बताएका छन् ।

बिजनेस पाटी