निर्वाचन प्रयोजनका लागि बागलुङमा २२ उम्मेदवारले बैंक खाता खोले

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर - ललितपुर – निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नं १ र २ मा उम्मेदवार भएका २३ जनामध्ये २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने जानकारी कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले दिनुभयो । क्षेत्र नं १ का एक जना उम्मेदवारले खाता खोलेका छैनन् ।

बागलुङमा उम्मेदवारले अधिकतम २९ लाखसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले मापदण्ड बनाएको छ ।

निर्वाचनमा आर्थिक चलखेल रोक्न र खर्च मितव्ययी बनाउन उम्मेदवारको खर्च सम्बन्धी अनुगमन गरिने बताइएको छ ।

श्रेष्ठका अनुसार, निर्वाचन प्रयोजनका लागि मात्र प्रयोग हुने खाता खोल्ने व्यवस्था गरिएको छ र यहाँका धेरै उम्मेदवारले खाता खोलिसकेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube