२०८२ आश्विन १६ | Oct 02, 2025

बैंकिङ प्रणालीबाट थप ७० अर्ब तान्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १९
|
51 views

ललितपुर । बैंकिङ प्रणालीमा निरन्तर तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट पैसा तानिरहेको छ ।

राष्ट्र बैंकले सोमबार अर्थात् जेठ १९ गते बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने लागेको छ । पछिल्लो एक वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता जम्मा भएपछि तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ ।

आज पनि बजारबाट राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तान्दै छ । यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २० दिने निक्षेप संकलन उपकरणको असार ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया