अझै सुरु भएन प्रतिनिधिसभा बैठक

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३
|
408 views

ललितपुर - प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

      संसद् नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समयतालिका टाँस्नुपर्ने प्रावधान छ ।

       पात्रो/राशिफल  रेडियो YouTube