|
|
२०८२ चैत्र ५
1k views
सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको संयुक्त बैठक बसेको छ ।
संसद् सञ्चालनको तयारीबारे छलफल गर्न आयोजित बैठकमा राष्ट्रिय मान्यता प्राप्त ६ दलका सांसदहरूको उपस्थिति रहेको जनाइएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
बैठकमा छ वटै दलबाट नवनिर्वाचित सांसदहरूको प्रतिनिधित्व रहेको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा बसेको बैठकमा रास्वपाबाट कविन्द्र बुर्लाकोटी, कांग्रेसबाट मोहन आचार्य, एमालेबाट गुरूप्रसाद बराल, नेकपाबाट रमेश मल्ल, श्रम संस्कृतिबाट आरेन राई र राप्रपाबाट ज्ञानबहादुर शाही सहभागी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया