२०८२ फाल्गुन २ | Feb 14, 2026

प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सर्वदलीय बैठक सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २२
|
204 views

ललितपुर –  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले यहाँ सर्वदलीय बैठक सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीको अध्यक्षतामा बुधबार आयोजित बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी, स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकमा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता २०८२ कडाइका साथ पालना गर्ने, चुनावसम्बन्धी भेला तथा कार्यक्रम सञ्चालन गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन र सुरक्षा निकायलाई पूर्वसूचना दिने तथा आ–आफ्नो क्षेत्रबाट निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस निर्वाचनमा रसुवाबाट नौ वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा माओवादी केन्द्रबाट माधवप्रसाद लामिछाने, नेकपा एमालेबाट प्रेम तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वसन्त भट्ट, उज्यालो नेपालबाट मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विनोद थिङ, राप्रपाबाट हरिप्रसाद घिमिरे, नेकपा माओवादीबाट होमप्रसाद आचार्य र प्रगतिशील लोकतान्त्रिक दलबाट दावा तामाङ उम्मेदवार रहेका छन् ।

त्यसैगरी स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, दावा तामाङ र सागर लामा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया