|
|
२०८२ फाल्गुन ४
612 views
ललितपुर – परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्नुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्री शर्माको यस भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काउने विश्वास लिइएको छ ।
परराष्ट्रमन्त्री शर्माका साथ मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुने जनाइएको छ । उहाँ फागुन ७ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया