२०८२ चैत्र १८ | Apr 01, 2026

प्रधानमन्त्री शाहले सांसदहरुलाई तीनवटा कामको प्राथमिकता निर्धारण गर्न आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
306 views

प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशगत छलफलको क्रममा सांसदहरूलाई तीन किसिमका आवश्यकता तुरुन्त, बजेटअघि र बजेट मार्फत गर्नुपर्ने काम प्रस्तुत गर्न निर्देशन दिएका छन् ।

कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा उनले भने, ‘एकदम छोटोमा, टू दी पोइन्ट कुरा राख्नुस् ।

प्रधानमन्त्रीले तत्काल गरिहाल्न सकिने काम, बजेट आउनुअघि सम्पन्न गर्न मिल्ने काम, र आगामी बजेटमा समावेश गरेर अगाडि बढाउन सकिने कामको विवरण मागेका छन् ।

सांसदहरूले प्राथमिकताका आधारमा आवश्यकताहरू प्रस्तुत गरे भने कतिपयले अझ रिपोर्ट बनाएर पछि बुझाउने तयारी देखाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया