२०८२ फाल्गुन ६ | Feb 18, 2026

बालेन झापाका सुकुमवासीसँग : डोजर ज्यान जोगाउन चलाइएको हो,हटाउन होइन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २०
|
816 views

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मंगलबार बिहान झापाको कमल गाउँपालिकास्थित सुकुमवासी बस्तीमा पुगेर त्यहाका स्थानीयसँग प्रत्यक्ष भेटघाट र छलफल गरेका छन् ।

बालेन बस्तीमा पुगेपछि स्थानीय सुकुमवासीले काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चलाइएको विषय उठाउँदै झापामा पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए । कतिपयले “बालेन आएपछि यहाँका सुकुमवासीलाई पनि उठाइदिन्छन् भन्ने हल्ला सुनिएको छ” भन्दै डर व्यक्त गरेका छन् ।

स्थानीयको डर चिन्ता र जिज्ञासाको जवाफ दिँदै, काठमाडौंमा डोजर चलाइनुको उद्देश्य सुकुमवासीलाई विस्थापित गर्नु नभई उनीहरूको ज्यान जोगाउनु रहेको बालेनले स्पष्ट पारे । काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गामा बस्ती थियो । बाढी आउँदा त्यो क्षेत्र पूरै डुबानमा पर्छ । असारमा बाढी आउँदा मान्छेहरू जोखिममा नपरुन भनेर सुरक्षित ठाउँमा सार्न खोजिएको हो । त्यसलाई गलत न्यारेटिभ बनाएर डोजर मात्र देखाइयो । बालेनले भने

झापाको अवस्था भने फरक रहेको उनलेबताएका छन् । यहाँको त वास्तविक सुकुमवासी बस्ती हो, ४०-५० वर्षदेखि बसोबास गर्दै आउनुभएको छ । वास्तविक सुकुमवासीको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा आफू स्पष्ट रहेको पनि बताएका छन् ।

बालेनसँगै बस्ती पुगेका उनका सल्लाहकार कुमान व्यञ्जनकार (कुमार वेन)ले २०४८ सालदेखि अहिलेसम्म २३ वटा भूमि तथा सुकुमवासी आयोग बने पनि समस्या समाधान नभएको बताएछन् । आयोग बने, प्रतिवेदन बने, तर सुकुमवासीले लालपूर्जा पाउने अवस्था बनेन, उनले भने।

त्यसक्रममा एक स्थानीय सुकुमवासीले आफ्नो गुनासो सुनाउँदै भने, “लगत उठाउँछन्, कर पनि लिन्छन् । अस्ती पनि आयोगले सबै कागज लग्यो, तर अहिलेसम्म केही भएको छैन ।

बालेनले भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती गर्ने र वास्तविक सुकुमवासी पछि पर्ने समस्या दोहोरिन नदिनुपर्ने धारणा राखे । वास्तविक सुकुमवासीले लालपूर्जा पाउनुपर्छ, राजनीतिक पहुँच भएकाले मात्र फाइदा लिने अवस्था अन्त्य हुनुपर्छ ।

भेटघाटका क्रममा बालेनले सुकुमवासीको समस्या समाधान राजनीतिक नाराभन्दा नीतिगत र व्यवहारिक रूपमा गर्नुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया