२०८२ फाल्गुन ६ | Feb 18, 2026

धुम्बाराहीमा बालेन्द्र साहको डेराबाट चोरी गर्ने ३ पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
714 views

ललितपुर – रास्वपाका वरिष्ठ नेता तथा काठमाडौंका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराही चप्पल कारखानास्थित डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकका ४६ वर्षीय खिमबहादुर खड्का र डोटीका ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् ।

मनिष राजवाहक जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका व्यक्ति थिए। उनीविरुद्ध २०७२ र २०७९ मा विभिन्न चोरी तथा सार्वजनिक अपराधका मुद्दा चलिसकेको छ । प्रहरीले चोरीबाट बरामद वर्ल्डलिंक राउटर र दुई सीसीटीभी क्यामेरा पनि सार्वजनिक गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया