|
|
२०८२ फाल्गुन ६
408 views
ललितपुर - ललितपुर – रास्वपाका वरिष्ठ नेता बालेन शाह ले धनगढीमा आयोजित चुनावी सभामा आफ्नो पार्टी सरकारमा पुगेपछि कांग्रेस, एमाले र माओवादी सबैका लागि बाटो खुल्ने बताए ।
उहाँले भने, “धेरैले देशलाई स्वीजरल्याण्ड बनाउने कुरा गर्छन्, तर त्यो किन? खप्तड राष्ट्रिय निकुञ्ज र हाम्रो मौलिक सम्पदामा नै पराकाष्ठा छ । हामीले हाम्रो माल र चाललाई देखाउन सकेका छैनौँ ।
सुदूरपश्चिमको विकास र राजधानी काठमाडौंबीचको सम्बन्ध जोड्ने योजनासहित शाहले रास्वपालाई मत माग्ने होइन, काम गर्ने पार्टी भएको भन्दै नेता र उम्मेदवारलाई कार्यमा लाग्न निर्देशन दिनुभयो ।

बिजनेस पाटी