झापा–५ मा बालेन्द्र साहको जित सुनिश्चित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २३
|
1.5k views

ललितपुर - ललितपुर – झापा क्षेत्र नम्बर  मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको जित सुनिश्चित भएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा साह गणना बाँकी मतभन्दा बढी भोटले अगाडि रहेका छन् ।

पछिल्लो विवरण अनुसार ७५ हजार ३७७ मत गणना हुँदा बालेन्द्र साहले ४७ हजार ७७९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।

त्यस्तै, केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरेका छन् ।

दुवैबीचको मतान्तर ३५ हजार ८० रहेको छ भने अब ३० हजार ९९५ मत गणना गर्न बाँकी छ ।

 पात्रो/राशिफल  रेडियो YouTube