२०८२ चैत्र २१ | Apr 04, 2026

बालेन र रवि लाई मोदीले दिए फोन बाटै बधाई

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २५
|
663 views

ललितपुर – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गर्दै निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रास्वपाले हासिल गरेको चुनावी सफलता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै नयाँ राजनीतिक अवस्थाले नेपालमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, उनले लामिछाने र बालेनलाई आगामी सरकार गठनका लागि शुभकामना पनि दिएका छन् । मोदीले नेपालमा बन्ने नयाँ नेतृत्वसँग सहकार्य गर्न भारत तयार रहेको बताउँदै दुवै देशको समृद्धि, विकास र जनताको हितका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री मोदीले नेपाल–भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्ने भारतको चाहना रहेको पनि बताएका छन् ।

यस टेलिफोन वार्तालाई नेपालको नयाँ राजनीतिक समीकरणप्रति भारतको चासो र सहयोगको संकेतका रूपमा समेत हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया