ललितपुर - प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाहको मासिक आम्दानी तलब भत्ता, अतिथि सत्कार, सञ्चार , महँगी भत्ता लगायतका शीर्षकमा नगदमा करिब एक लाख हाराहारी पुग्छ । तर उनले त्यो भन्दा कैयौँ धेरै आम्दानी कृयटरका रूपमा सामाजिक सञ्जाल , डिजिटल प्लेटफर्महरूबाट प्राप्त गर्छन् ।
उनले सम्पत्ति विवरण सार्वजनिक गर्दा पनि आम्दानीको मुख्य स्रोत सामाजिक सञ्जाल प्लेटफर्महरू भएको उल्लेख गरेका छन् । केही दिन पहिले मधेसमा भएको तनाव पछि उनले राष्ट्रका नाममा रेकर्डेड भिडियो सम्बोधन गरे जुन एनटिभिको समाचारमा र उनको आफ्नै फेसबुकबाट सार्वजनिक भएको थियो । उक्त४ मिनेट २९ सेकेन्ड भिडियोले यो समाचार तयार पार्दा सम्म ९५ लाख भ्युज पाएको छ भने ८ लाख ५६ हजार २ सय लाईक ७३ हजार कमेन्ट र ५६ हजार शेयर भएको छ ।
उक्त भिडियो सन्देशले मधेसको तनाव शान्त पार्न खेलेको भूमिकाको प्रशंसा त छदै छ तर यहाँ आम्दानीको प्रसङ्गलाई उठाउन खोजिएको हो । उक्त भिडियो बाट न्यून आम्दानी हुँदा ८ हजार डलर, मध्यम हुँदा १५ हजार र उच्च हुँदा अहिले सम्म ३० हजार डलर आम्दानी भएको डिजिटल विज्ञहरूको अनुमान छ । सम्बन्धित पहुँचवालाले ड्यासबोर्ड हेर्दा आम्दानीमा केही तलमाथि पाउन सक्ने विश्वास गरिएको छ ।
यस बाहेक उनका सृजनाहरू युट्युब , अमेजन, स्पोटीफाई, एप्पल, डिजर ,जियोसावन जस्ता बहुचर्चित प्लेटफर्महरूमा छन् । जहाँ बाट उनले मासिक लाखौँ आम्दानी गर्छन् । यस्तै सन २०११ देखि युट्युब एकाउन्ट बनाएका बालेन युट्युब तर्फ नेपालको म्युजिक क्याटोगोरीमा १.३२ मिलियन सब्सक्राइव सहित टप ६० मा छन् । उनले च्यानलको ग्रेड सी प्लस रहेको सोसेअल ब्लेडमा उल्लेख छ । जहाँबाट उनले च्यानलले मासिक २ सय ६३ देखी ४२ सय डलर सम्म र वार्षिक ११ हजार देखी १८१ हजार डलर सम्म आम्दानी गर्न सक्ने उल्लेख छ ।

बिजनेस पाटी