२०८२ फाल्गुन ६ | Feb 18, 2026

ऊर्जा र वातावरणबीच रणनीतिक साझेदारीमाथि छलफल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
153 views

ललितपुर –  वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय बीच आज समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा माधवप्रसाद चौलागाईं र अनिलकुमार सिन्हासहित दुवै मन्त्रालयका सचिव, विभाग र महाअध्यक्ष लगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा ऊर्जा तथा जलविद्युत् आयोजना सम्बन्धी वन क्षेत्रभित्रको जग्गा भोगाधिकार, स्वीकृति प्रक्रिया र प्रक्रियागत जटिलताका कारण रोकिएका परियोजनाबारे विस्तृत छलफल भएको थियो ।

विशेष गरी वन क्षेत्र प्रयोग अनुमति, वातावरणीय स्वीकृति र विभिन्न निकायबीच समन्वय अभावका कारण ढिलाइ भएका परियोजनालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा केन्द्रित छलफल भएको थियो । बैठकमा नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागका प्रतिनिधिहरू पनि सहभागी थिए ।

छलफलको क्रममा वातावरण संरक्षण र ऊर्जा विकासबीच सन्तुलन कायम गर्दै जलविद्युत् तथा ऊर्जा आयोजना कार्यान्वयनमा देखिएका अवरोध हटाउन आपसी समन्वय सुदृढ गर्ने सहमति भएको बैठकले जनाएको छ । दुवै मन्त्रालयले आगामी दिनमा नियमित समन्वय संयन्त्रमार्फत अडकिएका आयोजनाको समस्या समाधान गर्दै दिगो ऊर्जा विकास, वातावरण संरक्षण र राष्ट्रिय विकास लक्ष्य हासिल गर्न सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया