जेठका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३१
|
306 views

ललितपुर - नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाख महिनाको तुलनामा औसत ब्याजदरमा सामान्य गिरावट आएको देखिएको छ ।

नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम औसत ब्याजदर ४.३४ प्रतिशतमा झरेको छ । वैशाख महिनामा यस्तो ब्याजदर ४.४० प्रतिशत रहेको थियो ।

    संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । वैशाखमा ३.२२ प्रतिशत रहेको यस्तो ब्याजदर जेठ महिनामा ३.२० प्रतिशत कायम गरिएको छ ।

      सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा Standard Chartered Bank Nepal, Kumari Bank, NIC Asia Bank, Himalayan Bank र Nepal Bank Limited रहेका छन् ।

      यस्तै Siddhartha Bank र Citizens Bank International ले भने जेठ महिनाका लागि ब्याजदर वृद्धि गरेका छन् ।

      अन्य बाँकी वाणिज्य बैंकहरूले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube