ललितपुर – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले पर्याप्त प्राथमिकता नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घले आज आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरूले आफ्नै एजेन्डा अघि बढाउनुभन्दा अरू दललाई आलोचना गरेर स्थापित हुन खोज्ने प्रवृत्ति बढेको बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्र र आर्थिक विषय प्राथमिकतामा आउन सकेका छैनन्। “दलहरूले आफ्ना एजेन्डामार्फत जनतासामु पुग्नुपर्ने हो, तर निजी क्षेत्र र आर्थिक विषयमा पर्याप्त जोड नदिनु समस्या हो, ढकालले भन्नुभयो ।
अध्यक्ष ढकालले निजी क्षेत्रले राज्यका लागि पुर्याएका योगदानको राजनीतिक नेतृत्व र दलबाट आवश्यक चर्चा नहुने विषयमा पनि चिन्ता व्यक्त गर्नुभयो। उहाँले जोड दिनुभयो कि, निजी क्षेत्रलाई प्रोत्साहन र संरक्षण नगरीकन अर्थतन्त्रलाई दिगो रूपमा चलायमान बनाउनु सम्भव नहुने छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया