चरित्रमाथि आघात पुग्यो : बानियाँ

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २१
|
357 views

ललितपुर - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौंस्थित आफ्नो घरमा छापा मारेकोप्रति आपत्ति जनाएका छन् ।

विभागको उक्त कदमपछि उनले विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमाथि आघात पुगेको बताएका हुन्।

    उनले आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनबारे गरिने अनुसन्धानलाई सकारात्मक रूपमा लिने उल्लेख गर्दै पनि छापामारी शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

      विज्ञप्तिमा भनिएको छ, “विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरिएको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।

      मुख्यमन्त्री बानियाँले राज्यका कुनै पनि निकायले अनुसन्धानका लागि बोलाउँदा आफू भौतिक रूपमा उपस्थित हुन तयार रहेको उल्लेख गर्दै त्यस्तो अवस्थामा छापा मारिनु उचित नभएको बताएका छन् ।

      साथै, उनले संवैधानिक र कानुनी दायराभित्र रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने स्पष्ट पारेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube