निजी क्षेत्रमा कर्जा वृद्धि सुस्त, तर बैंकिङ प्रणालीमा निक्षेप तीव्र

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
663 views

ललितपुर - ललितपुर – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४% ले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि अघिल्लो वर्षको ५.६% को तुलनामा सुस्त देखिएको छ, जसले अर्थतन्त्रमा लगानी र उत्पादन क्षेत्रको माग कमजोर रहेको संकेत दिन्छ ।

तर बैंकिङ प्रणालीमा निक्षेप भने तीव्र गतिमा बढिरहेको छ। माघसम्म कुल निक्षेप ६% अर्थात् ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ। वार्षिक आधारमा निक्षेप १४.९% ले बढ्नुले बैंकहरूमा तरलता पर्याप्त रहेको देखाउँछ, तर उक्त तरलता कर्जा विस्तारमा रूपान्तरण हुन सकेको छैन

      क्षेत्रगत कर्जा वितरण

      • उपभोग्य क्षेत्र: १०.६% वृद्धि
      • निर्माण: ८.७% वृद्धि
      • यातायात, सञ्चार, सार्वजनिक सेवा: ६.८% वृद्धि
      • औद्योगिक उत्पादन: ४.८% वृद्धि
      • सेवा उद्योग: १.१% वृद्धि
      • कृषि क्षेत्र: १.४% घट्नु चिन्ताजनक
      • वित्त, बीमा, अचल सम्पत्ति: १.९% घट्नु

      कुल कर्जामध्ये ६३.८% घरजग्गा धितोमा आधारित छ, जुन अघिल्लो वर्षको ६५.१% भन्दा केही घटेको हो।

      कर्जाको प्रकृति अनुसार वृद्धि

      • ट्रष्ट रिसिट (आयात) कर्जा: १६.२%
      • मार्जिन कर्जा: ११%
      • हायर पर्चेज कर्जा: ९.३%
      • आवधिक कर्जा: ३.१%
      • रियल इस्टेट कर्जा: २.५%
      • क्यास क्रेडिट कर्जा: २.१%
      • माग तथा अन्य चालु पुँजी कर्जा: १.८%
      • ओभरड्राफ्ट कर्जा: ३.४% घटेको

      मार्जिन र हायर पर्चेज कर्जा बढ्नु उपभोग र सवारी साधन खरिदतर्फ झुकाव बढेको संकेत हो ।

      कर्जा वितरण क्षेत्र अनुसार

      • गैर–वित्तीय संस्थागत क्षेत्र: ६२.६%
      • व्यक्तिगत/घरपरिवार क्षेत्र: ३७.४%
        (अघिल्लो वर्ष ६३.८% र ३६.२%)

      निक्षेप संरचना

      • चालु निक्षेप: ६.५%
      • बचत निक्षेप: ४२.८%
      • मुद्दती निक्षेप: ४१.६%
        अघिल्लो वर्ष क्रमशः ५.२%, ३४.८%, ५२.४% थियो। यसले दीर्घकालीन निक्षेपको आकर्षण कम भएको देखाउँछ।

      संस्थागत निक्षेपको हिस्सा ३४.३% रहेको छ, अघिल्लो वर्ष ३५.३% थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube