|
|
२०८२ माघ ७
1.2k views
ललितपुर – राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा बैंकले निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयमा सम्पन्न शिविरमा करिब २५० जना कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ ।
विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते ६१औँ वर्षमा प्रवेश गर्दैछ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया