२०८२ चैत्र १५ | Mar 29, 2026

बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
306 views

ललितपुर –  नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम झिक्न लागेको हो । बोलकबोल आज दिउँसो ३ बजे हुनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ८७ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया