ललितपुर माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार देखाएको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.२४ प्रतिशतले वृद्धि भई १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको दोस्रो त्रैमासमा बैंकले ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको कर्जा गुणस्तरमा सुधार देखिएको छ। गत वर्ष पुस मसान्तमा ४.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात (एनपीएल) चालु आवको सोही अवधिमा घटेर ४.२५ प्रतिशतमा सीमित भएको छ। खराब कर्जा घटेसँगै बैंकको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख १६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यस्तै, चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २२.१२ प्रतिशतले बढेर ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ८.८३ प्रतिशतले वृद्धि भई ४ अर्ब २ करोड ६९ लाख ८१ हजार रुपैयाँ पुगे पनि सञ्चालन नाफा भने १०.२२ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ। सो आधारमा बैंकको लाभांश क्षमता ७.२२ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा वितरणयोग्य नाफा १६ करोड ६२ लाख ९० हजार रुपैयाँ मात्र थियो।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ प्रतिशतले बढेर १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६ अर्ब ९८ करोड १८ लाख २५ हजार रुपैयाँ रहेको छ।
दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन १०.७८ प्रतिशतले बढेर २ खर्ब ४ अर्ब ७१ लाख ७५ हजार रुपैयाँ पुगेको छ। कर्जा लगानी पनि ८.८८ प्रतिशतले वृद्धि भई १ खर्ब ५४ अर्ब ९५ लाख ३३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको आधार दर ५.४८ प्रतिशत रहेको छ भने कर्जा–निक्षेप अनुपात ७७.९९ प्रतिशत कायम रहेको छ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया