कात्तिक महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक ४
|
357 views

ललितपुर - वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असोजको तुलनामा कात्तिकमा व्यक्तिगत र संस्थागत दुवै निक्षेपको औसत अधिकतम ब्याजदर घटेको छ। २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर असोजमा ४.०८९५ प्रतिशत रहेकामा कात्तिकमा घटेर ४.०१३ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.०६६५ प्रतिशतबाट घटेर ३.००३ प्रतिशतमा कायम भएको छ।

कात्तिकमा व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा धेरै घटाउने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ। बैंकले ब्याजदर ०.८ प्रतिशतविन्दुले घटाएर ३.७ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.५ प्रतिशतविन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ। नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशतमा सीमित गरेको छ। संस्थागत निक्षेपको ब्याजदर भने ०.२६ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशत कायम गरेको छ।

      प्रभु बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशतमा झारेको छ। नेपाल एसबीआई बैंकले पनि ब्याजदर ०.१ प्रतिशतविन्दुले घटाएर ४ प्रतिशत कायम गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले क्रमशः ०.०५ र ०.०३ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। दुवै बैंकको व्यक्तिगत निक्षेपको नयाँ ब्याजदर ३.७ प्रतिशत छ।

      कात्तिकमा व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने बैंकमध्ये सानिमा, एनएमबी र माछापुच्छ्रे बैंक छन्। अधिकांश बैंकले ब्याजदर घटाउँदा एभरेष्ट बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube