वर्षाबाट जलेश्वर जलमग्न

BusinessPati बिजनेस पाटी
|
२०८३ असार २६
|
204 views

ललितपुर - लामो समयपछि आज भएको भारी वर्षाबाट महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ । करिब डेढ घण्टासम्म लगातार परेको मुसलधारे पानीले सदरमुकाम जलेश्वरसहित वरपरको क्षेत्र जलमग्न बनेको हो ।

वर्षाका कारण जलेश्वरका सडकमा एकदेखि तीन फिटसम्म पानी जम्दा सडक यातायात आवागमनसमेत प्रभावित बनेको छ । जलेश्वरको सहरी क्षेत्रमा ढल निकासको उचित व्यवस्था नहुँदा बर्षाको पानीले नपाएपछि पानीसँगै फोहरमैलासमेत सडकभरि छरिएको छ ।

      यसैबीच वर्षाकै कारण जलेश्वरको मुटु मानिएको महेन्द्रचौकस्थित हनुमान मन्दिर डुबानमा परेको छ । जलेश्वर नगरपालिका–२ मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ । त्यस मन्दिरमा पानी गर्भगृहभित्र पस्ने अवस्थामा छ ।

       पात्रो/राशिफल  रेडियो YouTube